१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

साह र भट्टराई नेकपा माओवादी केन्द्र, लुङ्गेली नेकपा एस र थापा नेकपा एमाले प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । राज्यमन्त्री थापाले मुख्यमन्त्री यादवबाट शपथ ग्रहण गरे ।


प्रकाशित : वैशाख ६, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?