कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

 मिलनले दिए सुहाङलाई बधाई 

इलाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार मिलन योङहाङ लिम्बुले निर्वाचित सांसद सुहाङ नेम्बाङलाई भेटेर बधाईसँगै शुभकामना दिएका छन् ।

 मिलनले दिए सुहाङलाई बधाई 

आज बिहान इलामको ग्रीन भ्यु होटलमा पुगेर लिम्बुले नेम्बाङलाई शुभकामना दिएका हुन् ।

लिम्बुले निर्वाचनका बेला प्रतिस्पर्धामा रहेपनि इलामे जनताले नेम्बाङलाई दिएको मतको कदर गर्ने बताए ।

‘बधाई मित्र, हामी एउटा प्रतिस्पर्धी थियौं, हाम्रो प्रतिस्पर्धा व्यक्ति व्यक्तिबीचको नभएर इलाम र इलामेली जनताको पक्षमा काम गर्ने सन्दर्भमा थियो,तपाँइको जित तपाईं अर्थात एकजनाको मात्रै नभएर समग्र इलाम र इलामे जनताको जितमा रुपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना ।’ उनले भेटपछि सामाजिक सञ्जालमा समेत भनेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेका लिम्बुले ५०५० मत ल्याएका थिए । कुल सदर मतको १० प्रतिशत नपुगेकाले उनको धरौटी जफत हुने भएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?