सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र
इलाम — मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई प्रमाण दिएको छ ।
कार्यालयमा मंगलबार आयोजित एक समारोहमा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुवाषचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन भएको थियो । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट सुवासकै छोरा सुहाङ निर्वाचित भएका हुन् ।
उनले कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्कालाई ५ हजारभन्दा बी मतान्तरले पराजित गरेका थिए ।
प्रकाशित : वैशाख १८, २०८१ १९:१०प्रतिक्रिया