२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

मातातीर्थमा आमा-सम्झना

तस्बिर : दीपक केसी

काठमाडौँ — आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि चन्द्रागिरिको फेदीस्थित मातातीर्थमा मेला लागेको छ । बिहान सबेरैदेखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लागेको छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्