२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

काठमाडौं पिंक केयराथोन [फोटोफिचर]

तस्बिर : दीपक केसी

काठमाडौँ — महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो । महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन् । पिंक केयराथोनअन्तर्गत ५ किमि र २० किमि दौड भएको थियो भने दौडिन नसक्नेहरुले ३ किमि हिँडेर दुरी पार गरेका थिए ।

केयराथोनमा प्रहरीबाहेक १२ सय जना महिलाहरुले भाग लिएका थिए । सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्दै केयराथोन कार्यक्रम आयोजना गरिएको लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले केयराथोनले महिलालाई आफ्नो र परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् । पिंक केयराथनकी ब्रान्ड एम्बासडर तथा अभिनेतृ नीति शाहले आफू सेलिब्रेटी भएर भन्दा पनि महिलाकै लागि गरिएको इभेन्टका कारण यससँग आबद्ध भएको बताइन् । उनले भनिन्, ‘पिंक केयराथनको उद्देश्य भनेको महिलालाई कसरी सशक्त बनाउने र स्वस्थ बनाउने भन्ने नै हो ।’ लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्