१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

स्याउ फुलेर सेताम्य जुम्ला [फोटोफिचर]

डीबी बुढा

जुम्ला — झण्डै ६ महिना सुख्खा खडेरीले पतझर बिरुवाका पातहरु झरेर रुखो बनेको जुम्ला स्याउ फुलेसँगै सेताम्य बनेको छ । अहिले जिल्लाका अधिकांश गाउँ स्याउ फुलेर सेताम्मे बनेका छन् । स्याउ फुलेर बगैंचा नै सेताम्य देखेपछि किसानहरु यो बर्ष उत्पादन बढ्ने भन्दै मख्ख छन् ।

 उनीहरुले स्याउ रोप्दा, मलको उचित प्रयोगदेखि सिँचाई व्यवस्थापन गर्दा पाइएको सबै दुख भुलेका हुन् । एक नगरपालिका र सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । फुल फुलेर स्याउ बगैंचा सेताम्य हुँदा मन हलुका हुने गरेको पातारासी-६ की बिनाकली बिष्टले जानकारी दिइन् । उनले भनिन्,‘स्याउ फुल्दा निकै खुसी लाग्छ  तर कालो तुसारोले स्याउका फुलहरु झारेर सखाप पार्ने भएकोले चिन्तामा छौं ।’ उनको बगैंचामा ३ सय स्याउका विरुवा छन् । हरेक वर्ष न्युनतम ३० लाख देखि ५ लाख रुपैयाँसम्म स्याउका दाना बेचेर रुपैयाॅ कमाइरहेको उनको अनुभव छ । अहिले स्याउ बगैंचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापन लगायतका काममा किसानलाई चटारो छ । ‘स्याउका बिरुवा फुलेपछि बगैंचामा अधिकांस किसानहरु सिचाइ व्यवस्थापनमा लागेका छन् ।  स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ । जुम्लामा  गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन्  । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । 


प्रकाशित : वैशाख ८, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्