माफियाकरणले देश खायो समृद्धिको नारा फेल खायो युवालाई यहाँ काम छैन काम नभए दाम छैन खेत र बारी खन्ने को ?
एक पेट पाल्न हम्मे भो सकारात्मक चिन्तन भेटिन्न आशाको किरण देखिन्न हुँदा खानेहरू सुक्दै छन् हुने खाने सधैं ढुक्कै छन् यो देश कसको तिघ्रेको इमान जमान बिग्रेको बलिया बांगाले मोज गर दीनदुःखीलाई ठाउँ छ र ? – कृष्ण कुम्पुरे, आदमटार, धादिङ