२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुनकोशी-मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ —  प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

सुनकोशी-मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री दाहाल

आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री दाहालले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका हुन् ।

'बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,' प्रधानमन्त्री दाहालले भने, 'समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।' आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई मित्र अर्याललाई निर्देशन दिए ।

डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए । प्रधानमन्त्री दाहालले आजै आयोजनाअन्तर्गतको सुरुङको 'ब्रेक थ्रु' गर्दैछन् ।

प्रकाशित : वैशाख २६, २०८१ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?