३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखले थाले छलफल 

काठमाडौँ — सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग छलफल सुरु गरेका हुन् । 

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखले थाले छलफल 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । त्यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रधानसमेत सहभागी छन् ।

शीर्ष नेताहरूसँगको छलफल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छ । वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल भइरहेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै संसद् अवरुद्ध गरेको थियो ।

प्रकाशित : वैशाख २५, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?