काठमाडौँ — आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।
वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल हुन लागेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै संसद् अवरुद्ध गरेको थियो ।