२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'

काठमाडौँ — नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'

राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका क्रममा सोमबार अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको बताए । त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने गौतमको प्रस्ताव थियो

‘मैले कमरेडलाई भने–तपाईंलाई ढलाउन,आलोचना गर्न, खुट्टा तान्नको निम्ति म तपाईको पार्टीमा आउने होइन ।सहयोग गर्न आउने हो । तपाईंले जति उपलब्धि हासिल गर्नुभएको छ । त्यो भन्दाबढी उपलब्धि हासिल हुनेगरी म आउँछु । आगामी २०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्नेगरी योजना बनाऔं । र त्यो योजना चाहिँ देखाउँ । मैले ८,९ महिना पहिले नै उहाँलाई भनेको थिएँ' गौतमले भने,' नमर्दासम्म मैले काम गरिरहन पर्छ । मरेपछि त्यो हसिँया हतौडाको झण्डा ओढ्न पाउनुपर्छ । यति हो मेरो अरु केही पनि छैन । विचार गर्नुहोला । मन्थन गर्नुहोला । र आफ्नो अध्यक्षलाई, नेतालाई, कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउँ भन्नुहोला ।’

वामदेवलाई ओलीको जवाफ : एकताको भावना सकारात्मक छ, छलफल गरौं

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताए । ‘वामदेव कमरेडले कतिपय कुराहरु उठाउनुभएको छ । मैले छलफल गर्ने यो थलो होइन । त्यसकारण म त्यसमा प्रवेश गर्दिन । पछि हामी अर्को समयमा छलफल गर्नसक्छौं । म यति भन्न सक्छु–वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ एकताको भावना । त्यो सकारात्मक भावना हो । यस भावनालाई अगाडि बढाऔं । उहाँ राष्ट्रिय एकता महाअभियानका अध्यक्ष हुनुहुन्छ । यो महाअभियान सफल होस् । मेरो शुभकामना पनि छ उहाँलाई ।’


प्रकाशित : वैशाख २४, २०८१ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?