कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

प्रधानमन्त्री दाहाल र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौँ — नेपालको एक दिने भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री योको कामीकावाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहालसँग आइतबार भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्री दाहाल र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

उक्त अवसरमा नेपाल र जापानको सम्बन्धको बारेमा कुराकानी भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले नेपाललाई जापानले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । जापानी विदेशमन्त्री योकाले नेपाल जापानको असल मित्र रहेको उल्लेख गर्दै सहयोगलाई निरन्तरता दिने बताइन् ।

प्रकाशित : वैशाख २३, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?