इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू निकै पछाडि
इलाम — इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार ८ सय ५३ मतले पछाडि पारेका छन् ।
नेम्बाङले ९ हजार ४ सय ८४ मत ल्याउँदा खड्कालाई ६ हजार ६ सय ३१ मत प्राप्त भएको छ । यस्तै पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ९ सय ५१ मतसहित तेस्रो स्थानमा छन् ।
राष्टिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने १ हजार ४ सय १ मतसहित चौथो स्थानमा रहेका छन् । तेस्रो स्थानका डकेन्द्रभन्दा मिलन ३ हजार ५ सय ५० मत र पहिलो स्थामा रहेका सुहाङसँग ८ हजार ८३ मतले पछाडि रहेका छन् ।
इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २१ हजार ८ सय १० मत गणना गरिएको छ ।