इलाम-२ मा ११ बजेपछि मतगणना हुने

पर्वत पोर्तेल

इलाम — इलाम-२ मा ११ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले बिहान ११ बजे  पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।

इलाम-२ मा ११ बजेपछि मतगणना हुने

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वडामा १५ हजार ९ सय ८० मत खसेको थियो । त्यस्तै फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४, माङ्सेबुङ र चुलाचुलीका ६/६ वडावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माईनगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?