१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

दाहाल, ओली र लामिछानेबीच छलफल, लामिछाने भन्छन्- 'सत्ता गठबन्धनमा कुनै समस्या छैन'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो ।

दाहाल, ओली र लामिछानेबीच छलफल, लामिछाने भन्छन्- 'सत्ता गठबन्धनमा कुनै समस्या छैन'

भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए ।

‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ,' उनले भने, 'सुदूरपश्चिममा एउटा समझदारीमा गइसकेको कुरा हो । त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो । हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन ।'

उनले प्रदेशमा सत्तासमीकरण फरक भएपनि तत्कालै केन्द्रमा कुनै समस्या नरहेको दाबी गरे । 'सामान्य छलफल गर्न भेट भएको हो,' उनले भेटबारे थप भने, 'यो कुनै एजेण्डागत भेटघाट होइन । शीर्ष नेताबीच निरन्तर छलफल भइराख्छ । लगानी सम्मेलनका कुरा छन्, अन्य राजनीतिक कुरा छन्, त्यसको समीक्षा गरिएको हो ।’

उनले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने दाबी गरे ।

प्रकाशित : वैशाख ६, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?