१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने नियन्त्रणमा

रासस

काठमाडौँ — विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, 'सिंहदरबारको निषेधित क्षेत्रमा अखिल क्रान्तिकारी विद्यार्थी सङगठनका संयोजक मिलन राई, क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य अविनाश कुँवर र पार्टी सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा आन्दोलन गर्ने १६ जनालाई पक्राउ गरेका छौँ ।'

उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?