ग्लोबल र बडीमालिका नगरबीच कर्जा सहजीकरण सम्झौता
काठमाडौँ — ग्लोबल आईएमई बैंक र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीलाई सरल र सहज रूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
ग्लोबल आईएमई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाका तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले पालिकाभित्रका किसान, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहनेलाई सरल र सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।
उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशीलतामार्फत आत्मनिर्भर र स्वरोजगार प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ । देशभर बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् ।
प्रकाशित : वैशाख २५, २०८१ ०७:३०