२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

यामाहाको महाएक्सचेन्ज मेला 

काठमाडौँ — नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले एक्सचेन्ज इभेन्ट ‘यामाहा महाएक्सचेन्ज मेला–०८१’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला एक साता चल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यामाहाको महाएक्सचेन्ज मेला 

‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेला आयोजना गर्न पाउँदा हामी हर्षित छौं,’ एमएडब्लू इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्छ ।’ मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

सहभागीले ब्रान्ड–न्यु यामाहा मोटरसाइकल खरिदमा एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि बताइएको छ । एमएडब्लू राइड्सले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन गर्ने पनि जनाएको छ ।

मेलाका आकर्षणका रूपमा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न निःशुल्क बाइक चेक–अप र स्पार्कलिङ क्लिन स्टार्टका लागि वास गर्ने सुविधा लिन सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित : वैशाख २४, २०८१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?