सूर्यज्योति लाइफ इन्स्योरेन्सले २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षका लागि सुजन काफ्ले एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ । साधारसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई समेत पारित गरेको छ ।
साथै २४.७४ प्रतिशतका दरले १ अर्ब १२ करोड ४५ लाख रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजनसमेतका लागि) वितरण गर्ने जनाएको छ ।
प्रतिक्रिया