फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी
काठमाडौँ — फोनपे भारतले शुक्रबार आयोजित एक कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवा प्रदर्शन गरेको छ ।
प्रदर्शनीमा बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायक, यूपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरूका प्रतिनिधिहरूलगायतको सहभागिता थियो ।
उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो, जुन नेपाल–भारत क्रस बोर्डर यूपीआई अन्तरआबद्धताका लागि यूएनआईपीएलको काउन्टरपार्टी पनि हो ।
यूपीआई भारतीय ‘रियल टाइम भुक्तानी प्रणाली’ हो, जसले तत्काल पैसा लेनदेनको सुविधा दिने गरेको छ ।
प्रकाशित : वैशाख २४, २०८१ ०९:३२प्रतिक्रिया