‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार
काठमाडौँ — टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षका अवसरमा ल्याएको ‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
सपना सापकोटाले एनटर्क रेस ऐडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा शतप्रतिशत क्यासब्याक प्राप्त गरेका छन् । रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेको कम्पनीले जनाएको छ ।
नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथै हरेक हप्ता शतप्रतिशत क्यासब्याक, स्योर–सर्ट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम ईएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफर उपलब्ध गराएको थियो ।
प्रकाशित : वैशाख २४, २०८१ ०९:३१