सामसङको ग्यालेक्सी एम५५ फाइभजी
काठमाडौँ — सामसङले सामसङ ग्यालेक्सी एम५५ फाइभजी सार्वजनिक गरेको छ । यसमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिस डिजाइनलगायत विशेषता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्यालेक्सी एम५५ फाइभजीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेसन पाउन सकिने कम्पनीको भनाइ छ ।
७.८ एमएम चौडाइका साथ सुपर स्लिक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी एम५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक रङमा उपलब्ध छ । ग्यालेक्सी एम५५ फाइभजीको ८/२५६ जीबी संस्करणको मूल्य ४८ हजार ९ सय ९९ र १२/२५६ जीबी संस्करणको मूल्य ५३
हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित : वैशाख १९, २०८१ ०७:३५प्रतिक्रिया