२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल–चीन (तिब्बत) व्यापार मेला सुरु 

काठमाडौँ — व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा १७ औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार मेला उद्घाटन गरे ।

नेपाल–चीन (तिब्बत) व्यापार मेला सुरु 

वैशाख २२ सम्म सञ्चालन हुने मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएको आयोजकले जनाएको छ । नेपाली कक्षमा नेपालबाट चीन निर्यात हुने करिब ४० प्रकारका निर्यातयोग्य वस्तु राखिएका छन् ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे । ‘चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ,’ उनले भने ।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिल्यै पनि बाधाका रूपमा नरहेको बताए । ‘हाम्रा पुर्खाले यी बाधाहरूलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए । त्यस कठिन समयमा जति बेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन्,’ उनले भने ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?