२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

ग्लोबल आईएमईको ग्लोबल ग्रिन आवास कर्जा

काठमाडौँ — ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

ग्लोबल आईएमईको ग्लोबल ग्रिन आवास कर्जा

वातावरणमैत्री गतिविधिलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्यअनुरूप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डसमेत निःशुल्क जारी गरिनेछ ।

इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्न यो कर्जा लिन सकिने बैंकले जनाएको छ । वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनको मर्मतसम्भारका लागि समेत उक्त कर्जा उपभोग गर्न सकिने बताइएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?