१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एनसेलको बोर्डर रोमिङ प्याक 

काठमाडौँ — भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ । प्याकले ग्राहकलाई यी गन्तव्यको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेर सम्पर्कमा रहन सघाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको बोर्डर रोमिङ प्याक 

‘प्याक सुरु गर्नेबित्तिकै ग्राहकले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५ सय एमबी बोनस डेटा प्राप्त गर्दछन् । ग्राहकले यो प्याक करसहित मात्र सय रुपैयाँमा सुरु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकले एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्ने कम्पनीको भनाइ छ । ‘यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यममार्फत पनि लिन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्याकले हाम्रा सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ ।

यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष महत्त्व राख्दछ । व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकलाई पनि यो प्याक महत्त्वपूर्ण हुन्छ ।’


प्रकाशित : वैशाख १७, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?