कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बजारमा क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर 

काठमाडौँ —  ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी कम्पनी गोगोरो आईएनसी र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङसहित गोगोरो क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ ।

बजारमा क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर 

लाजिम्पाटस्थित आनन्द भवनमा रहेको पहिलो ब्याट्री स्वापिङ स्टेसनमा क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरियो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयूभी क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटरको संयुक्त अनावरण गरे ।

कार्यक्रममा अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधि र दिगो गतिशीलतामार्फत नेपालको शून्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?