२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दार्चुलामा भारतको उच्च प्रभाव सामुदायिक विकास परियोजना 

काठमाडौँ —  नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको २ करोड ७३ लाख रुपैयाँमा दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु भएको छ ।

दार्चुलामा भारतको उच्च प्रभाव सामुदायिक विकास परियोजना 

शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरूपमा विद्यालय भवनको शिलान्यास गरे । भारत सरकारको उक्त रकम विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा खर्च गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत ‘उच्च प्रभाव सामुदायिक विकास’ परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइने बताइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८९ वटा परियोजना सम्पन्न गरिसकेको जनाएको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?