२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

काठमाडौँ — गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी । 

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

टिजर सार्वजनिक कार्यक्रममै फिल्मको 'आलाङ्ने'बोलको गीतमा आवाज दिन आफूलाई निकै कठिन भएको अनुभव पनि राजेशले सुनाए । ‘अन्य फिल्ममा रोमान्स कि त दु:ख भावका गीत राखिन्छ । तर, यो फिल्मको गीत गाउन मैले जीन्दगीकै लामो समय रेकर्डिङ स्टुडियोमा बिताएँ,' राईले भने, '६ घण्टा बढी समय लाग्यो । त्यो अवधिमा मैले गीतलाई र त्यसमा भएका शब्दलाई अझ बढी बुझ्न पाएँ'।

फिल्मका अभिनेता दयाहाङ बाटोले गाउँमा थुप्रो कुरा लिएर आए झैं यो फिल्ममा निर्देशक सुब्बाले धेरै विषय समेट्न खोजेको बताए । 'गाउँमा बाटो आयो, बाटोसँगै थुप्रै कुराहरु आयो । त्यसले परिवार र समाजमा के बोकेर आयो र के लिएर गयो भन्ने कथा छ । त्यस्तै निर्देशक नवीन सुब्बाले फिल्म बजारमा गुडबाई काठमाडौंपछि गाउँ आएको बाटोमा केही लिएर आउनु भएको छ,' दयाहाङले भने, 'पक्कै गाउँमा बाटोले धेरैले कुरा ल्यायो, निर्देशक सुब्बाले यो फिल्ममार्फत धेरै कुरा भन्नु भएको छ । तर, सरल परिवारभित्रको कथालाई उहाँले कथाको लेयर्समा भन्नु भएको छ । विश्वका महोत्सवमा ठूल्ठूला प्रशंसा हामीले पाएका छौं' ।

फिल्मका निर्माता अमोद राई फिल्म सामुदायिक लगानीको अवधारणामा बनेको र फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा दर्शकको सकरात्मक प्रतिक्रिया बटुलेको बताए । ‘यो फिल्मलाई विश्वका थुप्रै अन्तर्राष्ट्रिय बजारमा हामीले देखायौं । अब भने घरेलु दर्शकबीच देखाउँदैछौं,' उनले भने ।

कार्यक्रममा निर्देशक सुब्बाले 'गाउँ आएको बाटो'लाई बुवाहरुमा समर्पित फिल्मको रुपमा चर्चा गरे । महेश राईले फिल्मको कथा हातमा थमाइदिनासाथ बुवाले आफूलाई हुर्काउन गरेको संघर्षलाई सम्झँदै फिल्म निर्देशन गरेको पनि सुब्बाले बताए । 'मैले बुवासँग धेरै समय बिताइनँ । फिल्मको कथा हात पर्नासाथ बुवाको परिकल्पना भयो । बुवाले हामीलाई हुर्काउन कति मेहनत गर्नुभयो होला भन्ने मनमा लागेपछि बुवा छोराको सरल कथा निर्देशन गरें,' निर्देशक सुब्बाले भने ।

फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको प्रमुख अभिनय छ । फिल्ममा गाउँ आएसँगै बाबु र छोराको सम्बन्ध आउने उचारचढाव देखाइएको छ ।

प्रकाशित : वैशाख २५, २०८१ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?