कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इंग्लिस प्रिमियर लिग : एभरटनसँगको बराबरीमा लुटन टाउनलाई गाह्रो

एजेन्सी

लन्डन — लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो ।

इंग्लिस प्रिमियर लिग : एभरटनसँगको बराबरीमा लुटन टाउनलाई गाह्रो

एभरटनले खेलको २४ औं मिनेटमा डोमिनिक क्लेभर्ट लेविनको पेनाल्टी गोलले अग्रता लिएको थियो । एलिजह एडेबायोले ३१ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि लुटन २६ अंकमा १८ औं स्थानमा रह्यो ।

उसको ठीक अगाडि समान २६ अंकमा नटिङघम फरेस्ट रहेको छ । एभरटनको भने ३७ अंक भएको छ र १५ औं स्थानमा रहेको छ ।

प्रकाशित : वैशाख २२, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?