पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

वैशाख २१, २०८१ २२:३०

सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकताबद्ध हुनुपर्छ : पर्यटनमन्त्री तामाङ

वैशाख २१, २०८१ २२:०८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

वैशाख २१, २०८१ २१:३१

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे

वैशाख २१, २०८१ २१:१९

वैशाख लागेसँगै यहाँको तापमान दिनप्रतिदिन बढिरहेको छ । गर्मी बढेर खपिनसक्नु भइरहेका बेला पनि चितवनमै च्यादर ओढेर सुत्नु पर्ने शीतल गाउँ पनि छन् । जिल्लाको पहाडी क्षेत्रमा उखरमाउलो गर्मी खासै हुँदैन । यहाँका युवा टीका गुरुङले इच्छाकामना गाउँपालिका–२ को मायाटारमा सय वर्ष पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएका छन् ।

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुँदै, ट्रफी र जर्सी सार्वजनिक

वैशाख २१, २०८१ २०:५४

सातौं संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन आइतबारदेखि हुने भएको छ । एसएस एभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस) को संयुक्त आयोजनामा हुने प्रतियोगिता तीन दिन हुँदै छ ।

त्रिविका पूर्व रेक्टरहरूको सुझाव : ‘नियुक्तिमा भागबन्डा नगर्नु’

वैशाख २१, २०८१ १९:५५

त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पस/विभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक भागबन्डा गर्दा विश्वविद्यालय खस्केको उनीहरुले अनुभव सुनाए ।

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

वैशाख २१, २०८१ १९:५०

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजारमा सञ्चालनमा रहेको खैराबाङ भगवती अटो वर्कसप तथा बजाज सोरुममा शुक्रबार बिहान ११ बजे भएको आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । 

‘इयू र विश्वमा स्पेनको निर्णायक भूमिकाको प्रशंसा गर्छौं’

वैशाख २१, २०८१ १९:२७

स्पेनमा एसिया प्रशान्त क्षेत्रका १८ राजदूतहरु सम्मिलित समूहको भेला शुक्रबार सम्पन्न भएको छ । उक्त अवसरमा राजदूतहरुको साथै स्पेनका विदेश, यूरोपेली संघ तथा सहयोगसम्बन्धी मन्त्री जोस म्यानुअल अब्बारेजको पनि उपस्थित रहेको थियो ।  

मन्त्रिपरिषद् बैठक : ६ सचिवहरूको सरूवा

वैशाख २१, २०८१ १८:४७

मन्त्रिपरिषद्ले ६ सचिवहरूको सरूवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरूवा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव  गणेशप्रसाद पाण्डेयलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय,कृषि मन्त्रालयका गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालय,  वन तथा वातावरण मन्त्रालयका दीपककुमार खराललाई कृषि मन्त्रालयमा सरूवा गरिएको छ ।

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

वैशाख २१, २०८१ १८:४२

विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि १० प्रतिशत बेड अनिवार्य  छुट्याउन निर्देशन दिएको छ ।

आयुष्नोभा बनिन् 'मिस इन्टरकन्टिनेन्टल नेपाल'

वैशाख २१, २०८१ १८:३५

डाक्टर आयुष्नोभा ढुंगाना 'मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित 'मिस्टर एन्ड मिस नेस्नल नेपाल २०२४'मा ढुंगानाले यो उपाधि जितेकी हुन् । 

ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड

वैशाख २१, २०८१ १८:२७

इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो । 

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

वैशाख २१, २०८१ १८:२४

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

जबर्जस्ती उठिबास अस्वीकार्य 

वैशाख २१, २०८१ १८:१७

सत्ता गठबन्धन बदलिएपछि गत फागुनमा सरकारले देशभरका हडपिएका सार्वजनिक तथा सरकारी जग्गा सरकारको नाममा ल्याउने थप निर्णय गर्‍यो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अघिल्लै गृहमन्त्रीको कामको निरन्तरता भन्दै त्यससम्बन्धी निर्णय गर्दै परिपत्र गरे ।

अमेरिकाबाट २४ कलाकृतिहरु नेपाललाई फिर्ता

वैशाख २१, २०८१ १८:११

अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

राजदूत पौड्याल र सीधुबीच भेटवार्ता

वैशाख २१, २०८१ १८:०३

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । 

'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु 

वैशाख २१, २०८१ १७:५१

नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्‍याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

वैशाख २१, २०८१ १७:१९

भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।

वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति सक्रिय : ‌ओली

वैशाख २१, २०८१ १६:५८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको ओलीको आरोप थियो । 

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

वैशाख २१, २०८१ १६:५१

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

गुल्मीमा लडेर एक जनाको मृत्यु

वैशाख २१, २०८१ १६:५०

गुल्मीमा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका १ रातामाटाका ४६ वर्षीय लालबहादुर बिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।

गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले

वैशाख २१, २०८१ १६:४३

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

वैशाख २१, २०८१ १६:३१

लागूऔषध मुद्दामा एक वर्ष ११ महिना १९ दिन कैद सजाय र एक लाख दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

वैशाख २१, २०८१ १६:२८

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको दोस्रो बैठक आइतबार बस्ने भएको छ । संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे वैठक बस्ने छ । सोही दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आगलागीबाट संखुवासभामा २ घर जल्यो

वैशाख २१, २०८१ १६:११

आगलागीबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारमा रहेको रूद्र जिमीको २ घर जलेको छ । बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

वैशाख २१, २०८१ १५:५९

भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ ।

इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ कान्तिपुरकर्मी सम्मानित

वैशाख २१, २०८१ १५:३३

इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।  

दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार

वैशाख २१, २०८१ १५:१६

झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

वैशाख २१, २०८१ १५:११

पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो । 

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

वैशाख २१, २०८१ १४:३७

आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुँदैछ : सञ्चारमन्त्री शर्मा

वैशाख २१, २०८१ १३:५३

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुने प्रक्रियामा रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा मन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‍मा दर्ता भएको जानकारी दिइन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइन् ।

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

वैशाख २१, २०८१ १३:४१

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री दाहाल

वैशाख २१, २०८१ १३:३५

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

वैशाख २१, २०८१ १२:५१

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

वैशाख २१, २०८१ १२:३४

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार रहेका दुई जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-४ का वर्ष ७० का मनबहादुर पुन भन्ने मनवीर पुन मगर र वर्ष ६७ का प्रेमबहादुर पुन भन्ने गोबर्द्धन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

सेल्सबेरी अब महाराराजगञ्जको अत्याधुनिक भवनमा

वैशाख २१, २०८१ १२:१७

गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई मूलमन्त्र बनाई विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अर्न्तगतको सेल्सबेरी अब काठमडौंको महाराजगञ्जमा अध्याधुनिक भवनबाट सञ्चालनमा आएको छ ।

मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगरौं : प्रधानमन्त्री

वैशाख २१, २०८१ ११:५०

प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताए।

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

वैशाख २१, २०८१ ११:३३

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

वैशाख २१, २०८१ ११:०८

भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

कान्तिलोकपथ बन्द

वैशाख २१, २०८१ १०:३३

कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।

‘स्टार्ट’ हुन खोजिरहेको ‘स्टार्टअप’

वैशाख २१, २०८१ १०:२४

चार वर्षदेखि काठमाडौंको नागार्जुनमा स्युचाटार दुना–टपरी हाउस सञ्चालनमा छ । यस उद्योगले तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी बनाउँछ । कम्पनीमा १० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तराईका गाउँमा धेरै कामदार रहेको सञ्चालक सुशीला आचार्य बताउँछिन् । 

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

वैशाख २१, २०८१ १०:१४

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । 

स्वदेशमै मोटरबोट

वैशाख २१, २०८१ ०९:२५

कुनै बेला नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन बज्ने गर्थ्यो, ‘हामी पृथ्वी, जल, जमिन र आकाशको  सुरक्षा गर्छौं ।’ एउटा इन्स्योरेन्स कम्पनीको विज्ञापनका यी शब्द लमजुङका विष्णुबहादुर ढकालको अपरिपक्व मस्तिस्कमा मजैले गडे । विज्ञापन सुनेपछि उनी यी सबै काम एउटै कम्पनीले कसरी गर्छ भनेर निकै घोत्लिए ।

रामेछापमा डढेलो बस्तीमा पस्दा १ जनाको मृत्यु

वैशाख २१, २०८१ ०८:५५

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका- ८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रमिकमाथि राजनीतिक बेइमानी 

वैशाख २१, २०८१ ०८:५१

राजनीतिक नेतृत्व, राष्ट्रपति, प्रधानमन्त्री आदिले नेपालमा श्रमजीवीलाई औपचारिकता निभाउनका लागि मात्रै भए पनि सम्झिने दिन हो, अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमजीवीले गरेको श्रमको सम्मान गर्ने र राजनीतिक आन्दोलनमा पुर्‍याएको कदरका लागि होइन औपचारिकताका लागि सरकार विज्ञप्ति जारी गर्छ । राजनीतिक नेतृत्व श्रमिकको पसिनाले सिञ्चित मञ्चमा उभिएर श्रमजीवीको मुक्ति गर्ने अपत्यारिलो भाषण गर्छ ।

संक्रमणकालीन न्यायको अन्योल र भावी कार्यदिशा

वैशाख २१, २०८१ ०८:४८

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मौलिक र अनुकरणीय उदाहरणका रूपमा चर्चा हुने गर्छ । तर, शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्ष हुन लाग्दासमेत द्वन्द्वपीडितहरूले न्याय, परिपूरण र आत्मसम्मानका लागि सडक संघर्ष गरिरहेका छन् । विगतलाई फर्केर हेर्दा शान्ति प्रक्रियाको सन्दर्भमा केही नभएको कदापि होइन ।

जलवायु संकट घटाउन जैविक कृषि

वैशाख २१, २०८१ ०८:४७

जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जलवायु संकट या जलवायुसम्बन्धी न्याय अहिलेका विश्व प्रचलित शब्दहरू हुन् । यिनै शब्दको वरिपरि रहेर वैज्ञानिक समुदाय, सरकारी तथा गैरसरकारी संस्था, कर्पोरेट र व्यक्तिहरू अनुसन्धानमा छन् । उनीहरू विविध कार्यक्रम बनाउँछन्, वकालत गर्छन् र कार्यान्वयनका लागि जुट्छन् ।

मूल्यको उतारचढावले सुन कारोबार ठप्प

वैशाख २१, २०८१ ०७:४८

बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो । अब बिहेको लगन असार २० मा मात्रै छ । अर्थात् अबको दुई महिना बिहेको सिजन छैन । 

एआईपीएस एसिया कंग्रेस नेपालमा

वैशाख २१, २०८१ ०७:३४

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औं कंग्रेस भदौ अन्तिम साता नेपालमा हुने भएको छ । स्पेनको सान्ता सुसानामा भएको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उक्त कंग्रेस आयोजनाको जिम्मा पाएको हो ।