२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कतारका अमिर काठमाडौं ओर्लिए

काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको छ ।

कतारका अमिर काठमाडौं ओर्लिए

राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित : वैशाख ११, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?