कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डढेलोले जलेर मृत्यु भएका शंकर र रमेशको परिवारलाई नगरपालिकाले ५-५ लाख रुपैयाँ दिने

ललितपुर — गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन जानेक्रममा घाइते भएर उपचारको  क्रममा मृत्यु भएका रमेश पहरी र शंकर पहरीका परिवारलाई ५-५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

डढेलोले जलेर मृत्यु भएका शंकर र रमेशको परिवारलाई नगरपालिकाले ५-५ लाख रुपैयाँ दिने

गोदावरी नगरपालिकाको बुधबार बसेको बोर्ड बैठकले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै यस्तो निर्णय गरेको हो । डढेलो निभाउन जानेक्रममा घाइते भएर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारर्थ शंकर पहरीको मंगलबार र रमेश पहरीको बुधबार बिहान मृत्यु भएको थियो ।

गोदावरी नगरपालिका–६ लेलेको आनन्द वनमा लागेको डढेकोका कारण अस्पतालमा उपचारर्थत ९३ जना कुष्ठ पीडितलाई चापागाउँको बज्रबाराही अस्पतालमा स्थानान्तरण गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?