प्यालेससँग युनाइटेडको बिर्सनलायक हार
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको हातबाट सोमबार बिर्सनलायक ४–० को हार बेहोरेको छ । हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो ।
प्यालेसका लागि माइकल ओलिसले दुई तथा जियान–फिलिपे माटेटा र टेरिक मिचेलले एक/एक गोल गरे । प्यालेस ४३ अंकमा १४ औं स्थानमा रहेको छ । युनाइटेडको भने ५४ अंक मात्र छ ।
तस्बिरहरू : रोयटर्स
युनाइटेडमाथि प्यालेसको यो पहिलो लिग डबल हो । यो हारले युनाइटेडमा एरिक टेन ह्यागको भविष्य अझ बढी अन्यौलग्रस्त भएको छ । युनाइटेडले लिगका पछिल्ला ११ खेलबाट १० अंक मात्रै बटुलेको छ ।
प्रकाशित : वैशाख २५, २०८१ ०६:४२प्रतिक्रिया