२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एरिका, पलेशा र कविराजलाई सम्मान

काठमाडौँ — नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

एरिका, पलेशा र कविराजलाई सम्मान

उनीहरुलाई १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । उनीहरूलाई पूर्वमन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले सम्मान गरे । एरिकाले १९ औं एसियाली खेलकुदमा रजत र पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए । पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षक थिए ।

प्रकाशित : वैशाख २५, २०८१ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?