गोठमा चट्याङ पर्दा ८ चौपाया मरे
सल्यान — गएराति गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार राति परेको चट्याङबाट पुनका एक गोरु, दुई गाई, चार बाख्रा र एक बोका मरेका थिए । आठ पशु चौपाया मर्दा १ लाख १५ हजार बराबरको क्षति भएको उनले जानकारी गराए ।
लालबीर पुनले पशुपालन गरेर जिविकोपार्जनका लागि नुनतेलको जोहो गर्दै आएका थिए । चट्याङले गाईगोरु र बाख्रा मरेको आफूले बिहान मात्र थाहा पाएको बताए ।
प्रकाशित : वैशाख २६, २०८१ १२:४०प्रतिक्रिया