३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी  प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उनले बताए ।

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

मंगलबार बिहान छिमेकीले साढे ४ बजे फोन गरेर आगो लागेको जानकारी दिएपछि आफू पसलमा आएर दमकल बोलाउँदासम्म सामान जलेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टका अनुसार ४ वटा दमकलको सहयोगमा बिहान ६ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएपनि गोदामभित्र रहेको मोबिल, टायर, ब्याट्री, ब्रेक सु फाइबर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले जनाए ।

प्रकाशित : वैशाख २५, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?