२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

चितवन — चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

साे गैंडा प्राकृतिक कारणले मरेकाे चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

मंगलबार नै निकुञ्ज कार्यालय र निकुञ्जमा तैनाथ नेपाली सेनाकाे नयाँ गाेरख गणकाे संयुक्त गस्तीले निकुञ्जभित्र भिमपुर क्षेत्रमा एउटा पाटे बाघ मृत फेला पारेकाे छ । साे बाघ पनि अन्य घटना दुर्घटनाले भन्दा पनि प्राकृतिक कारणले मरेकाे संरक्षण अधिकृत तिवारीले बताए ।

चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडा र पाटे बाघकाे मुख्य बासस्थल हाे । याे आर्थिक वर्षमा हालसम्म निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा २१ गैंडा र ६ वटा पाटे बाघकाे मृत्यु भइसकेकाे संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?