संखुवासभा — विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।
विमानस्थलमा उडानका लागि कम्तीमा ५ किलोमिटर वरपरको डाँडा देखिनु पर्छ । विमानस्थल खुलेपछि बुद्ध एयरको एटीआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै तुम्लिङटार सडक यातायातबाट जान नसकेका वृद्धवृद्धा र बिरामीलाई सहज भएको छ ।