२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चट्याङ लागेर मृत्यु 

विराटनगर — चट्याङ लागेर झापामा मंगलबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अपराह्न पौने ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ वर्षीय मोहनकुमार दुलालको मृत्यु भएको हो । 

घर नजिकै मकैबारीमा मल हाल्दै गरेका दुलाललाई अचानक चट्याङ लागेको थियो । छाती तथा पेटमा चोटग्रस्त उनलाई उपचारका लागि विर्तामोडको बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । दुलालको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०८१ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?