२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसाग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन् । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको पनि उनले बताए । ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ,’ उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ ।’

मन्त्री पुनले गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको मन्त्री पुनले बताए । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने उनले उल्लेख गरे । ‘सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो,’ उनले भने, ‘त्यसका लागि सरोकारवालाबीचमा छलफल र परामर्श भइरहेको छ । उनले अर्थतन्त्रमा राम्रो गरिरहेका नीतिले निरन्तरता पाउने स्पष्ट गरे ।

राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसाग आफ्ना कुरा राख्य निजी क्षेत्रलाई आग्रह गरे । मुलुकको अवस्थितिअनुसारको आर्थिक नीति हनुपर्ने चर्चा गर्दै मन्त्री पुनले नेपालको भू–राजनीतिक अवस्थितिअनुसार तत्काल प्रवर्द्धन गर्नुपर्ने क्षेत्र सूचना प्रविधि भएको आफूहरुलाई लागेको उल्लेख गरे ।


प्रकाशित : वैशाख २५, २०८१ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?