नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो ।
उक्त दिन कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । उक्त दिन ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
प्रकाशित : वैशाख २५, २०८१ १५:२०प्रतिक्रिया