२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ मा हुने 

काठमाडौँ — आइसिटी फाउण्डेसनले नेपाल डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेष्ठ २५ गते आयोजना गर्ने भएको छ । डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ मा हुने 

काठमाडौंको म्यारियट होटलमा आयोजना हुने कार्यक्रममा केही अन्तराष्ट्रिय विज्ञहरुसहित ५० बढीले विभिन्न सेसनहरुमा वत्ताको रुपमा सहभागी हुनेछन् । कन्क्लेभमा ७ विषयमा १० बढि सेसनहरु सञ्चालन हुने आयोजकले जनाएका छन् । केहि अन्तराष्ट्रिय विज्ञहरुको मुख्य मन्तव्यसँगै मन्त्रीस्तरिय संवाद सेसनहरु पनि सञ्चालन हुनेछन ।

फाउण्डेसनले यस वर्ष प्रि(इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०८१ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?