२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
विश्व

World

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

इरानमाथि इजरायलको जवाफी आक्रमण

इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।

इरानमाथि इजरायलको जवाफी आक्रमण

सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको

सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् । 

सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको

सन् २०११ मा आजकै दिन : क्यास्ट्रोद्वारा राजीनामा 

सन् २०११ मा आजकै दिन (अप्रिल १९) मा फिडेल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजीनामा दिएका थिए । १९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रोले क्युबामा निरन्तर साढे चार दशक शासन गरे ।

सन् २०११ मा आजकै दिन : क्यास्ट्रोद्वारा राजीनामा 
वैशाख ६, २०८१

भारतमा पहिलो चरणको लोकसभा चुनाव शुक्रबार 

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । 

भारतमा पहिलो चरणको लोकसभा चुनाव शुक्रबार 

टाइम १०० प्रभावशाली व्यक्ति : कलाकार आलिया भट्टदेखि चिनियाँ प्रधानमन्त्री ली चियाङसम्म

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

टाइम १०० प्रभावशाली व्यक्ति : कलाकार आलिया भट्टदेखि चिनियाँ प्रधानमन्त्री ली चियाङसम्म

युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । 

युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन

सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको निधन भएको थियो । १८७९ मार्च १४ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनको अमेरिकी राज्य न्यु जर्सीस्थित प्रिन्स्टन सहरमा निधन भएको थियो । 

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन